समाचारमंगलबार, आश्विन १६, २०६९
‘सरकार सूचनामाथि अङ्कुश लगाउँदैछ’
महासङ्घ भक्तपुर शाखाद्वारा १६ असोजमा आयोजित पार्षद तथा पूर्वकेन्द्रीय अध्यक्षहरुको भेलामा उनले प्रेस तथा विचार अभिव्यक्ति स्वतन्त्रताविपरीत सरकारले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने प्रयास गरिरहेको दावी गरे । “पछिल्लो समय सिंहदरबार परिसरभित्र फेसबुक चलाउन प्रतिबन्ध लगाउनु यसैको उदाहरण हो,” उनले भने ।
महासङ्घका अर्का पूर्वअध्यक्ष तारानाथ दाहालले सरकारले खुला र उदार समाजलाई नियन्त्रण गर्ने प्रयासस्वरुप प्रेसमाथि अङ्कुश लगाउन खोजेको आरोप लगाए । उनले अर्थव्यवस्था कमजोर भएको मौका छोपी सञ्चारमाथि विज्ञापनको माध्यमबाट होस् या स्वामित्वमै लगानी गरेर होस् स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने प्रयासमा सरकार लागिपरेको देखिएको वताए । “प्रेसलाई स्वतन्त्र, व्यावसायिक, निस्पक्ष र निर्भीक बनाउनुपर्नेमा उल्टै प्रचारमुखी बनाउन खोजिएको छ,” उनले भने ।
कार्यक्रममा जिल्ला अध्यक्ष नारायणसुन्दर किलम्बुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि महासङ्घ सधैँ अग्रमोर्चामा रहेर लड्ने बताएका थिए । रासस
