समाचारबिहीबार, भाद्र २६, २०७१

अवरुद्ध संसद खुलाउन दलहरुबीच छलफल हुँदै

हिमालखबर

himalkhabar

हिमाल अर्काइभ

कांग्रेस, एमाले र एमाओवादीबीच  अवरुद्ध संसद खुलाउन छलफल चलिरहेको एमाओवादी प्रवक्ता अग्नी साप्कोटाले हिमालखबरलाई बताए । यसअघि आज ३ बजेदेखि संसद बैठक बस्ने बताइएको थियो । तर विपक्षी दलहरुले लगातार अवरुद्ध गर्दै आएको बैठक सुचारु गर्नका लागि भइरहेको छलफल लम्बिएपछि बैठक बस्न नसकेको हो ।

छलफलमा अझै सहमति जुट्न नसकेको साप्कोटाले बताए । एमाओवादीलगायतका विपक्षी दलहरुले उच्चस्तरीय राजनीतिक समिति गठनको माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ ।

यता, २६ भदौ दिउसो तीन बजेका लागि बोलाइएको संसद पौने चार हुँदा समेत सुरु हुन नसकेको कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले बताए । उनका अनुसार सांसदहरु संसद बैठक  कुरेर बसिरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>