समाचारबिहीबार, भाद्र २६, २०७१
सहमति र असहमतिका बुँदासहितको प्रतिवेदन संविधानसभामा पेश
कार्यतालिका अनुसार गत २१ भदौसम्ममा दलहरुबीच नयाँ संविधानका अन्तर्वस्तुमा सहमति जुट्न नसकेपछि समितिका सभापति भट्टराईले सहमति जुटेका र नजुटेका विषयलाई संविधानसभामा पेश गरेका हुन् ।
नयाँ संविधानको ३० विषयमध्ये १३ विषयमा सहमति जुट्न बाँकी छ । राज्य पुनःसंरचना र शक्तिको बाँडफाँड, शासकीय स्वरुप निर्धारण, न्यापपालिका र निर्वाचन प्रणाली लगायतका विषयमा सहमति हुन सकेको छैन ।
भट्टराईले २६ भदौमा संविधानसभा बैठकमा पेश गरेको प्रतिवेदनमाथि अर्काे बैठकबाट छलफल हुने संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले जानकारी दिए । अर्काे बैठक २७ भदौको बिहान ११ बजेका लागि बोलाइएको छ ।
रासस

