समाचारशुक्रबार, भाद्र २७, २०७१
संविधानका विवादित विषयमा छलफल शुरू
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविधानसभामा प्रस्तुत गरेको प्रतिवेदनमाथि २७ भदौ विहान ११ बजेबाट छलफल शुरु भएको हो ।
समितिले सबै अन्तर्वस्तुमा सहमति जुटाउन नसकेपछि कसरी विवाद समाधान गर्ने भन्नेबारे संविधानसभाबाटै निर्णय लिइँदैछ । दिउँसो तीन बजेसम्म चल्ने बैठकमा सभासदहरुलाई बोल्नका लागि तीन मिनेटको समय दिइएको सभासद पार्वत गुरुङले हिमालखबरलाई जानकारी दिए ।
भट्टराईले संविधानसभामा १३ विवादित विषयसहितको प्रतिवेदन पेश गरेका छन् । राज्य पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणालीलगायतका विषयमा सहमति जुट्न सकेको छैन ।
तीन बजे संसद बैठक
विपक्षी दलहरुले लगातार अवरुद्ध गर्दै आएको व्यवस्थापिका संसदको बैठक २७ भदौ तीन बजेका लागि बोलाइएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको माग गर्दै एमाओवादीसहितका दलहरुले १३ भदौबाट संसद अवरुद्ध गर्दै आएको छ ।
