समाचारशुक्रबार, भाद्र २७, २०७१

प्रधानन्यायाधीशमा रामकुमार साह सिफारिस

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा २७ भदौ विहान बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका न्यायाधीश रामकुमार प्रसाद साहलाई प्रधान न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ।

साहको नाम सिफारिस गरि संसदीय सुनुवाई विशेष समितिमा पठाउने निर्णय भएको परिषदका सदस्य सभामुख सुवास नेम्वाङले जानकारी दिए ।

प्रधान न्यायाधीश दामोदरप्रसाद शर्माले २३ असोजमा उमेर हदका कारण अवकाश पाउने भएपछि संवैधानिक परिषदले साहको नियुक्तिका लागि सिफारिस गरेको हो ।

२४ असार २००७ मा जन्मिएका साहले प्रधानन्यायाधीशका रुपमा काम गर्ने अवधि उमेर हदका कारण ८ महिनाको मात्रै हुनेछ ।

२०३१ सालमा सर्वोच्च अदालतमा शाखा अधिकृतका रुपमा न्याय सेवामा प्रवेश गरेका साह ९ वर्षअघि सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका हुन् ।

न्याय परिषदका सदस्य समेत रहेका साहले केही महिनाअघि परिषदले सर्वोच्चमा न्यायाधीशहरुको सिफारिस गर्दा ‘फरक मत’ राखेका थिए ।

संवैधानिक परिषदको बैठकमा अन्य संवैधानिक अंगका पदाधिकारी नियुक्तिबारे भने छलफल नभएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>