थप समाचारशुक्रबार, भाद्र २७, २०७१
दशैं टीकाको साइत विहान १०:१५ मा
पञ्चाङ्ग निर्णायक समितिका अनुसार १७ असोज बिहान ९ बजेर ५५ मिनेटमा देवी विसर्जनको साइत रहेको छ भने टीकाको साइत १०:१५ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यस्तै घटस्थापनाको साइत ९ असोज बिहान १०:४५ र सरकारी झण्डा फेर्ने १० असोज बिहान ११:५५ को साइत शुभ रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।
१३ असोजमा पचली भैरवको यात्रा, १५ असोजमा फूलपातीको साइत बिहान ७:२५ बजे, १६ असोजमा महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्री पूजा गर्नुपर्ने पनि समितिले जानकारी गराएको छ । १७ असोजमा महानवमी र विजयादशमी एकै दिन परेको छ ।
उक्त दिन महानवमीको पूजापाठ सकेर विजयादशमीको पूजापाठ गर्नु शास्त्रीय विधि सम्मत हुने पनि समितिले जनाएको छ । विजयादशमीका दिन गरिने तुलजा भवानीको यात्रा १७ असोज बिहान १०:२१ बजे र स्थिर आसनका लागि बिहान ११:५५ बजे उत्तम रहेको समितिले जनाएको छ ।
खड्गयात्रा १७ असोजकै दिन परेको छ । दुर्गा पक्षमा तान्त्रिक विधिअनुसार दिइने बली पूजा २१ असोजमा सक्नुपर्नेछ । सोही दिन कोजाग्रत पूर्णिमा व्रत परेको समितिले जनाएको छ ।
*सच्चाइएको
