समाचारशुक्रबार, भाद्र २७, २०७१

‘कान्तिपुर’ लाई ५ दिनभित्र लिखित जवाफ दिन आदेश

हिमालखबर

सर्वोच्च अदालतको अवहेलनासम्बन्धी कान्तिपुर दैनिकका प्रकाशक, सम्पादक र संवाददाताविरुद्ध परेको मुद्दाको २७ भदौमा सुनुवाई गर्दै प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र न्यायाधीश ओमप्रकाश मिश्रको इजालाशले ५ दिनभित्र लिखित बयानसहित अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

यसअघि सर्वोच्चले कान्तिपुरकर्मीलाई अदालतमा बयानका लागि दुई दिन लगातार उपस्थित गराए पनि बयान लिएको थिएन ।  तेस्रो पटक भने लिखित बयान सहित उपस्थित हुन आदेश दिएको हो ।

कान्तिपुरमा प्रकाशित सामग्रीले अदालतको अवहेलना गरेको दाबीसहित परेको रिटको सुनुवाईका लागि सर्वोच्चले कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र सहायक वरिष्ठ सम्पादक घनश्याम खड्कालाई अदालतमा उपस्थित हुने आदेश दिएको थियो ।

बयान दिन गएका कान्तिपुरकर्मीलाई भेट्न कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाओवादी नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणी पोखरेल, एमाले नेता गोकर्ण विष्ट, योगेश भट्टराई,  कांग्रेसका गगन थापा,  मिनेन्द्रराज जोशी लगायतका नेता, कानून व्यवसायी र सञ्चारकर्मी अदालत परिसरमै पुगेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>