समाचारशुक्रबार, भाद्र २७, २०७१

सर्वपक्षीय सम्मेलन ३१ भदौमा

हिमालखबर

नेकपा–माओवादीले माग्दै आएको सर्वपक्षीय राजनीतिक सम्मेलन ३१ भदौ बिहान ९ बजेदेखि संविधानसभा भवन नयाँ बानेश्वरमा हुने चार दलबीच सहमति भएको छ ।

कांग्रेस, एमाले, एमाओवादी र नेकपा–माओवादीका प्रतिनिधिहरु सम्मिलित कार्यदलको २७ भदौमा बसेको बैठकले सम्मेलनको मिति तय गरेको हो ।

२६ भदौमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा मितिमा सहमति नहुँदा मिति टुंगो लगाउने जिम्मा पुनः कार्यदललाई दिइएको थियो । अब कार्यदलले गरेको सहमतिलाई शीर्ष नेताहरुले अन्तिम रुप दिनेछन् ।

सम्मेलनमा संविधानसभा रहेका सबै दल सहभागी हुने भए पनि बाहिर रहेका नेकपा(माओवादी सहित अन्य कुन कुन दललाई सहभागी गराउने बारे २८ भदौसम्म टुंगो लगाइने बुझिएको छ ।

सम्मेलनमा संविधान निर्माणका विषयहरुमा छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>