समाचारशनिबार, भाद्र २८, २०७१

दाहाल र वैद्य आफू सत्तामा पुग्न सम्मेलन र संयन्त्रको मागः विजुक्छे

हिमालखबर

एमाओवादीा अध्यक्ष पुष्पकमल दाहाल र नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य दुबैले सत्ता परिवर्तन गरेर आफू प्रधानमन्त्री बन्ने दाउ गरेको नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले बताएका छन् ।

२७ भदौमा भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै विजुक्छेले दुवै माओवादी पार्टीमा सत्तामा पुग्न आतुर रहेको दाबी गर्दै भने, “गोलमेच सम्मेलनको बाहनामा वैद्य प्रधानमन्त्री हुन खोजिरहेका छन्, उच्चस्तरीय राजनीतिक संयन्त्रका नाममा प्रचण्ड प्रधानमन्त्री हुन खोजिरहेका छन्, आफू प्रधानमन्त्री बन्न यी दुवैले एक अर्कालाई प्रयोग गर्न खोजिरहेका छन् ।”

उनीहरूको आन्दोलनमा नेमकिपालाई पनि साथ दिन एमाओवादीले अनुरोध गरेको खुलासा गर्दै उनले थपे, “आफ्ना लागि साना दललाई प्रयोग गरेर सडकमा ओराल्ने र आफू सत्तामा गएपछि उनीहरूलाई अलपत्र पार्ने एमाओवादीको चरित्र प्रष्ट भइसकेकाले उनीहरूलाई साथ दिनु हुँदैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>