समाचारशनिबार, भाद्र २८, २०७१

नेविसंघ महाधिवेशन स्थगित

हिमालखबर

२९देखि ३१ भदौसम्म राजधानीमा हुने भनिएको नेपाल विद्यार्थी संघ ( नेविसंघ) महाधिवेशन पर्याप्त तयारी नपुगेर स्थगित भएको नेविसंघका नेता ऋषिकेश जंग शाहले जानकारी दिएका छन् ।

“पार्टी सभापति, बरिष्ठ नेता र निर्देशक समितिको निर्देशन अनुसार १ महिनाका लागि अधिवेशन स्थगित भएको छ,” शाहले भने, “अन्तिम समयमा आएर स्थगित गर्नु ठिक नदेखिए पनि  महाधिवेशन निर्विवाद रहोस भनेर पार्टी नेताहरुकै निर्देशनमा स्थगित गरिएको हो ।”

२८ भदौ विहान कांग्रेस सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवावीच छलफल भएपछि महाधिवेशन स्थगित भएको हो।

२९ गते उद्घाटन हुने भनिएको महाधिवेशनका लागि जिल्लाबाट धेरै प्रतिनिधिहरु काठमाडौं आइसके पनि अर्को सूचना जारी नभएसम्मका लागि भन्दै स्थगन भएको सूचना जारी गरिएको छ ।

पटकपटक मिति घोषणा भएर पनि आन्तरिक विवादका कारण हुन नसकेको नेविसंघ महाधिवेशन सारिएको यो पाचौ पटक हो ।

महाधिवेशन सम्पन्न गर्न कांग्रेसले महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा निर्देशन समिति गठन गरेको थियो । समितिमा प्रकाशसरण महत, नविन्द्रराज जोशी, बद्री पाण्डे सदस्य थिए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>