थप समाचारशनिबार, भाद्र २८, २०७१

तत्काल महाधिवेशनको मिति तोक्न माग

हिमालखबर

नेविसंघको महाधिवेशन उदघाटन हुने भनिएको मितिभन्दा एक दिनअघि मात्रै स्थगित भएको घोषणा गरिएपछि अध्यक्षका उम्मेद्वार रहेका क्षितिज भण्डारीले मतदाताको सूची तयार नभएकाले अधिवेशन स्थगन गर्नुपरेको बताएका छन् । उनले अविलम्ब महाधिवेशनको नयाँ मिति तोक्न पनि माग गरे ।

पार्टीमा भएको ४० र ६० को भागवण्डाको रोग नेविसङ्घमा पनि सरेर महाधिवेशन स्थगित हुने अवस्था आएको भण्डारीको भनाई थियो ।

कार्यक्रममा अध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेका गणेश भट्ट, मनोजमणि आचार्य, कुन्दनराज काफ्ले, शुभराम बस्नेत, जीतजँग बस्नेत, नीलकण्ठ रिजाल, राजीव ढुङ्गाना र नैनसिंह महरलगायतले मतादाता नामावलीमा रहेको विवाद छिटो टुङ्ग्याएर एक हप्ताभित्र महाधिवेशनको मिति घोषणा गर्न माग गरे ।

नेविसङ्घका प्रवक्ता युपी लामिछाने पार्टीको निर्देशनमा मतदाता नामावली एक हप्ताभित्र टुङ्ग्याउनका लागि अहिलेलाई महाधिवेशन स्थगित गरिएको जानकारी दिए ।

नेविसंघ महाधिवेशन स्थगित

एक हप्ताभित्र मतदाता नामावली बुझाएपछि १५ दिनमा पार्टीले महाधिवेशनको नयाँ मिति घोषणा गर्ने लामिछानेको भनाई छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>