समाचारशनिबार, भाद्र २८, २०७१

चुनावको मिति संविधानमै राख्नुपर्छः उप्रेती

हिमालखबर

प्रमुख निर्वाचन आयुक्त उप्रेतीले विगतमा दलहरुले आफ्नो अनुकुलता हेरेर मात्रै चुनावको मिति घोषणा गरेको सन्दर्भ उल्लेख गर्दै यस्तो धारणा राखेका हुन । आफू अनुकुलको समय खोज्ने गरेकाले अहिलेसम्म स्थानीय निकायको चुनाव हुन नसकेको उप्रेतीको भनाई छ ।

राजधानीमा २८ भदौमा न्युजभित्ता डटकमले गरेको उत्कृष्ट सभासद छनौट प्रक्रियाको शुभारम्भ गर्दै उनले लोकतन्त्रमा आवधिक निर्वाचन अनिवार्य शर्त भएको बताए । उप्रेतीले आगामी संविधानमा निर्वाचन आयोेगलाई शक्तिशाली बनाउन आग्रह गरे ।

कार्यक्रममा राजनीतिक विश्लेषक निलाम्बर आचार्यले दलहरुले अन्तरिम संविधानले नचिन्ने राजनीतिक संयन्त्र र गोलमेच सभाबाट संविधान बनाउन खोजे मुलुकले फेरि पनि संविधान नबन्ने धारणा राखे । उनले संविधानसभामा रहेको राजनीतिक संवाद तथा सहमति समिति र जनमत संकलन समितिलाई उपेक्षा गरेर दलहरुले संविधानमा नरहेका संस्थाबाट संविधान बनाउन खोज्नुले आशंका उत्पन्न भएको बताए ।

कार्यक्रममा न्युजभित्ता डटकमका प्रधान सम्पादक विष्णु निष्ठुरीले आम जनतामा सभासदहरुको नकारात्मक व्याख्या भइरहेका बेलामा राम्रो काम गर्ने सभासद जनताबाटै चयन गर्नका लागि आफूहरुले भोटिङको व्यवस्था गरेको बताए । मन्त्रीपरिषद् सदस्य, संविधानसभा अध्यक्ष, उपाध्यक्ष तथा ज्येष्ठ सदस्यको रुपमा संविधानसभाको अध्यक्ष्ँता गर्ने र मन्त्रीपरिषदबाट मनोनयनमा वपरेका सदस्यहरुलाई भोटिङमा समावेस नगरिएको न्युजभित्ता डटकमले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>