समाचारआइतबार, भाद्र २९, २०७१

दुर्घटनामा पत्रकारसहित तीनको मृत्यु

हिमालखबर

बा ९ च १८१२ नम्बरको निजी टाटा सुमो जीप २९ भदौ बिहान ९:३० बजे रुपन्देहीको सालझण्डीमा दुर्घटना हुँदा प्युठानका पत्रकार सूर्य बिक सहित अन्य दुई जनाको मृत्यु भएको छ भने  दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा  प्युठान पत्रकार महासंघका संस्थापक सभापति  बिजुवार– ६ का ४५ वर्षीय सूर्य बिक, प्यूठान बांधिकोटका ४५ वर्षीय खिमबहादुर गिरी र उनका छोरा २५ वर्षीय रोहण गिरी  छन्  ।

जीपको अगाडिको टायर पड्किंदा  गाडी अनियन्त्रित भई सडक छेउको रुखमा  ठोक्किएर १० मिटर तल पोखरीमा खसेको सालझण्डी प्रहरीले जनाएको छ । गिरी बाबु छोराको घटनास्थलमै र पत्रकार बिकको बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा लैजादै गर्दा मृत्यु भएको हो ।

दुर्घटनामा पत्रकार विककी श्रीमती ४२ वर्षीय रमा बिक र चालक कृष्ण सुनार गम्भीर घाइते छन् । उनीहरु दुवैको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

– दीपक ज्ञवाली,बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>