समाचारआइतबार, भाद्र २९, २०७१
संविधानसभाले जारी गरेको संविधानमा आपत्ति हुन्नः गजुरेल
नेकपा–माओवादीका उपाध्यक्ष गजुरेलले संविधानको अन्तरवस्तुमा सहमति भएपछि जारी हुने संविधानमा आफूहरुको आपत्ति नहुने बताएका छन् । रिपोर्टर्स क्लबले २९ भदौमा गरेको कार्यक्रममा उनले भने, “दलहरु राष्ट्रिय राजनीतिक सम्मेलन गर्न तयार भएकोले संविधानको अन्तरवस्तुमा सहमति भएपछि सम्मेलन वा संविधानसभा जहाँबाट संविधान जारी भए पनि हामीलाई आपत्ति छैन ।”
उनले राष्ट्रिय राजनीतिक सम्मेलनको आयोजना हुनु देशको राजनीतिमा ‘आईस बे्रक’ भएको टिप्पणी गरे । “राजनीतिक सम्मेलन मुलुकको लागि शुभ संकेत हो, राजनीतिको आईस ब्रेक हो,” उनले भने ।
उनले राजनीतिक सहमतिका लागि प्रधानमन्त्री सुशील कोइरालाले सकारात्मक पहल गरिरेको पनि बताए । उनले राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने सहमति पछि सहमतिमै संविधान जारी गर्ने विषयमा आफूहरु तयार रहेको बताए ।

