समाचारआइतबार, भाद्र २९, २०७१
सातौं पटक संसद अवरुद्ध
१३ भदौबाट उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको माग गर्दै अवरुद्ध गर्न थालेको संसद २९ भदौमा पनि चल्न सकेन ।
बैठक शुरू हुनु बित्तिकै तराई–मधेस सदभावना पार्टीका सभासद् महेन्द्रराय यादवले मुलुकको जल्दोबल्दो समस्या समाधान गर्न सरकारले कुनै पनि पहल नगरेको र सभामुख सुवासचन्द्र नेम्वाङले पटकपटक गरेको निर्देश (रुलीङ) समेत कार्यान्वयन नभएको बताए ।
विपक्षी दलको अवरोधपछि सभामुख नेम्वाङले अर्काे बैठक ३० भदौ साँझ पाँच बजेका लागि बोलाएका छन् ।
