समाचारसोमबार, भाद्र ३०, २०७१
कांग्रेस केन्द्रीय समितिको कार्यकाल थपियो
३० भदौमा बसेको कार्य समितिको बैठकले एक बर्षलाई कार्य अवधि थपेको हो । केन्द्रीय समितिको कार्य अवधि आगामी १ असोजमा सकिदैछ ।
बैठकमा सभापति सुशील कोइरालाले एक बर्ष कार्यअवधि थप्ने प्रस्ताव गरेका थिए । उक्त बैठकले सभापतिले मनोनित गरेको नयाँ १२ केन्द्रीय सदस्यलाई पनि अनुमोदन गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

