थप समाचारसोमबार, भाद्र ३०, २०७१

गण्डकी अञ्चल यातायात कार्यालयमा अख्तियारको छापा

हिमालखबर

माधव बराल, पोखरा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखराले अञ्चल यातायात व्यवस्था कार्यालयमा ३० भदौमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ । अख्तियार कार्यालय पोखराका लेखा अधिकृत तोयनाथ शर्माको नेतृत्वमा गएको टोलीले सार्वजनिक भाडाका ‘ज’ प्रकृतिका सवारी सधान दर्ता लगायतका काजगपत्र नियन्त्रणमा लिएको हो ।

यातायात व्यवस्था कार्यालय पोखरामा सार्वजनिक भाडाका ‘ज’ प्रकृतिका सवारी साधन दर्ता गर्दा आर्थिक प्रलोभनमा परी नियम विपरित दर्ता गरेको भन्ने उजुरीका आधारमा सवारी दर्ता प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कागजात नियन्त्रणमा लिई छानबिन शुरु गरिएको प्रवक्ता सरिता खतिवडाले जानकारी दिइन् ।

ट्याक्सी व्यवसाय समिति पोखराका अध्यक्ष गान्धीराज गिरी लगायतको समूहले यातायात व्यवस्था कार्यालयसँग मिलेर किर्ते कागज बनाइ नियम विपरित ६३ वटा नयाँ ट्याक्सी दर्ता गरेर प्रति ट्याक्सी रु.३ लाख ३० हजार संकलन गरेको भन्दै सत्यतथ्य छानबिन गर्न अख्तियारमा परेको उजुरीका आधारमा दर्ता सम्वन्धि कागजपत्र नियन्त्रणमा लिएर कार्यालयले छानबिन शुरु गरेको हो ।

२०६४ देखि अहिलेसम्म लगातार अध्यक्ष रहेका गिरीले ४०० पुराना गाडी विस्थापन गरी त्यति नै गाडी थप गरेर प्रति गाडी रु.३ लाख ३० हजारका दरले रकम असुली गरेको आरोप उजुरीमा उल्लेख छ ।

तर, अध्यक्ष गिरीले भने हालै भएको समितिको निर्वाचनमा पराजित भएकाहरुले अनावश्यक लाञ्छना मात्रै लगाएकोे दावी गरे । उनले साधारण सभाले खर्च अनुमोदन गरिसकेकोले आफूले कुनै अनियमितता नगरेको जिकिर गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>