समाचारमंगलबार, भाद्र ३१, २०७१

पहिरोले बाबु, आमा र छोरीको मृत्यु

हिमालखबर

rolpaअविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले पश्चिम रोल्पाको जुगाँर– ५ खानिखोलाका जीतबहादुर पुनको घर पुर्दा उनीसँगै उनकी ४० वर्षीया श्रीमती कृष्णकला पुन र पाँच वर्षीया छोरी विपना पुनको ज्यान गएको छ । अर्काे कोठामा सुतिरहेका कान्छा छोरा भने सकुशल रहेको एमाले रोल्पाका निवर्तमान अध्यक्ष शान्तकुमार वलीले बताउनुभयो ।

पहिरोका कारण पुनको घरमा रहेका सात वटा बाख्रासमेत मरेका छन् ।

घटनापछि स्थानीयवासी र प्रहरीले उद्धार गरेको इलाका प्रहरी जुंगारले जनाएको छ ।

योसँगै यस वर्ष रोल्पामा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>