थप समाचारमंगलबार, भाद्र ३१, २०७१
सर्वपक्षीय सम्मेलन नहुने
३१ भदौमा गर्न लागिएको सम्मेलनको पूर्वसन्ध्यामा आज विहान बसेको छलफलबाट ने
कपा–माओवादी बाहिरिएपछि सम्मेलन नहुने भएको हो । सर्वपक्षीय सम्मेलनको माग गर्ने माओवादी मोर्चा नै बाहिरिएकाले अव सम्मेलन नहुने एमाले नेता अग्नी खरेलले हिमालखबरलाई बताए ।
उनले भने, ‘‘माओवादीकै लागि सम्मेलनको आयोजना गरिएको हो, तर माओवादी नै बाहिरिएपछि अव सम्मेलन हुँदैन ।’’ खरेलले सम्मेलनको च्याप्टर बन्द भइसकेकाले अव संविधानभाले आफ्नो काम अघि बढाउने बताए ।
कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले पनि सम्मेलन नहुने बताए । उनले संविधान निर्माणमा विवादित विषय समाधान गर्न संवैधानिक राजनीतिक सम्वाद तथा सहमति रहेकाले सर्वपक्षीय सम्मेलन नहुने बताए ।
माओवादीकै माग अनुसार संविधानसभामा रहेका प्रमुख दलहरु सर्वपक्षीय सम्मेलन गर्न राजी भएका थिए । तर, बैठकमा संक्रमणकालीन राजनीतिक व्यवस्थापन पनि सम्मेलनको विषय हुनुपर्ने माग राखेपछि सृजना भएको असहमतिपछि माओवादी सम्मेलनबाट बाहिरिएको छ ।
कांग्रेस एमालेले संविधान निर्माणका विषय मात्रै सम्मेलनको विषय हुनुपर्ने अडान राखेका थिए ।
माओवादीले पनि सम्मेलनमा सहभागी नहुने जनाएको छ । माओवादी नेताहरु पार्टीको आधिकारिक धारणा बनाउन केन्द्रीय कार्यालय बुद्धनगरमा बैठकमा जुटेका छन् ।
संविधानसभा भवन बानेश्वरमा तय गरिएको सम्मेलनका लागि आएका कांग्रेस, एमालेलगायत दलका प्रतिनिधिहरु पनि भवनबाट बाहिरिइसकेका छन् ।
