थप समाचारमंगलबार, भाद्र ३१, २०७१
सामाखुशीमा बसको ठक्करबाट युवकको मृत्यु
३१ भदौ बिहान ५ बजे सामाखुसी सडकमा बा३ख १६२८ नम्बरको मध्यउपत्यका यातायातको बसले ठक्कर दिँदा अन्दाजी २० वर्षीय राजकुमार राईको मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।
सोलुखुम्बु घर भई हाल गोङ्गबु क्यासिङ टोलमा बङ्गुरपालन गरी बस्दै आएका राईलाई नयाँ बसपार्कबाट महाराजगन्जतर्फ जाने क्रममा बसले ठक्कर दिएको थियो ।
चालक करिब २६ वर्षीय लोकप्रसाद पौड्यालसहित सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएका राईको शव परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
——————————————————————————————————————————-
ट्रकको ठक्करबाट युवतीको मृत्यु
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको मधुपट्टीमा मालबाहक ट्रकले ठक्कर दिंदा एक युवतीको मृत्यु भएको छ ।
हिमालखबर
साइकलमा दाउरा लिएर बेच्न सिरहाको लहानतर्फ जाँदै गरेकी सप्तरीको मधुपट्टी–९ की १७ बर्षीया पिंकी ठाकुरलाई ३० भदौ साँझ राजमार्गमा ट्रकले ठक्कर दिंदा मृत्यु भएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी पिंकीलाई उपचारका लागि लहान अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक छेदीलाल कामतीले जानकारी दिए ।
ठक्कर दिने ना.५ख ४२१२ नम्बरको ट्रकका चालकलाई नियन्त्रणमा लिएको कामतिले बताए ।
श्रवणकुमार देव, राजविराज
