समाचारमंगलबार, भाद्र ३१, २०७१
माओवादी मोर्चाद्वारा सम्मेलनमा नजाने निर्णय
सम्मेलनअघि बसेको छलफलबाट बाहिरिए लगत्तै बसेको बैठकले यस्तो निर्णय गरेको नेकपा–माओवादी नेता देव गुरुङले बताए ।
संविधानसभा बाहिर रहेका यी दलहरुसहितको सर्वपक्षीय सम्मेलन ३१ भदौमा आयोजना गरिएको थियो । तर, प्रमुख दलहरुसँग कुरा नमिलेपछि सम्मेलनमा सहभागी नहुने निर्णय मोर्चाले गरेको छ ।
मोर्चाले निकालेको विज्ञप्तीमा कांग्रेस एमालेले औपचारिकता मात्रै पूरा गर्न खोजेकाले सहमति हुन नसकेको उल्लेख छ ।
