समाचारबुधबार, आश्विन १, २०७१
पत्रकारलाई कसले रोक्यो मलाई थाहा छैन : सभापति राई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई समितिले जा
नकारी लिदै गर्दा पत्रकारलाई रोक नलगाएको दाबी गर्दै सभापति राईले भने, ‘‘मैले सभामुखसँग राय मागेरै पत्रकारलाई प्रवेश दिन निर्देशन दिएको थिएँ, कसरी कर्मचारीबाट रोक लगाइयो बुझ्न सकेको छैन ।’’
उनले यसबारे कर्मचारीबाट जानकारी लिने बताए । उनले हिमालखबरसँग भने, ‘‘समितिले अख्तियार प्रमुखबाट जानकारी लिए लगत्तै संविधानसभाको बैठकमा जानुपरेकाले यसबारे बुझ्न भ्याएको छैन ।’’ उनले यस्तो गल्ती समितिबाट नदोहोरिने बताए ।
सभापति राईका अनुसार अख्तियारका अन्य पदाधिकारीसँग पनि समितिले जानकारी लिने छ ।
