थप समाचारबुधबार, आश्विन १, २०७१

बस, एम्बुलेन्स र बाइक ठोक्किंदा ६ को मृत्यु

हिमालखबर

१ असोज दिउँसो १ बजे वुटवलबाट नारायणघाट आउदै गरेको ना ५ ख २१८३ नम्बरको बस, विपरित दिशाबाट आउँदै गरेको लु १ च ३७३० नम्बरको एम्बुलेन्स र भित्री सडकबाट राजमार्गमा निस्कदै गरेको लु ५ प ६४९४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा ६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

मृतकहरुको सनाखत भइसकेको छैन ।

दुर्घटनामा परी गम्भीर घाईते हुनेमा बाग्लुङ्ग गल्कोट– १ का २२ बर्षीय खेम खड्का, वुटवल–६ का ३५ वर्षीय मणिप्रसाद पौडेल, नवलपरासी रामग्राम–५ का ४५ वर्षीय अनिलकुमार शर्मा , पोखरा–११ का लोकराज पौडेल र रुपन्देही धकधईका तोयव खाँन छन् । उनीहरुमध्ये खानको लुम्निबी अस्पताल र अन्यको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी चार जनाको घटनास्थमै र दुई जनाको देवदहमेडिकल कलेजमा उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>