थप समाचारबिहीबार, आश्विन २, २०७१
बासी खान खुवाउँछन, राजमार्गका होटल
चितवनको रामनगरदेखि मुग्लिनसम्मका विभिन्न होटल तथा खाद्य स्टोर्सहरुमा २ असोजमा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय चितवनका शाखा अधिकृत श्रीकान्त पौडेलले जानकारी दिएका छन् ।
अनुगमनका क्रममा रामनगरका अधिकांश होटलहरुमा बासी खाना खुवाउने गरेको पाइएको टोलीले जनाएको छ । रामनगरको स्वर्गद्वारी तन्दुरी रेष्टुरेन्ट, होटल माछापुच्छ«े, रक्षा होटललगायतले बासी खाना खुवाउने गरेको पाइएको हो ।
अनुगमनका क्रममा अधिकांश होटलहरु दर्ता नै नभई सञ्चालन भएको, कतिपय होटलहरुले अनुगमन टोली आएको थाहा पाएपछि भएको खाना बाख्राको खोरमा लुकाएको पौडेलले जानकारी दिए ।
फोहोर र बासी खाना खुवाउने होटेलहरुलाई टोली कुनै कारवाही नगरी चेतावनी मात्रै दिएर छोडेको छ ।
यस्तै मुग्लिनमा टोलीले मिति सकिएको कोकाकोला र पेप्सी नष्ट गरेको छ । मुग्लिनको त्रिवेणी ट्रेडर्स एन्ड सप्लायर्स र चितवन होटल एन्ड गेष्टहाउसबाट ७२ कार्टुन बोटलर्स नेपालको पेय पदार्थ र ठूला साना गरी १९१ वटा कोक र पेप्सीका बोतलहरुमा प्वाल पारिएको अधिकृत पौडेलले बताए ।
