समाचारबिहीबार, आश्विन २, २०७१
अधिकांश युवा खाडी पुगेकोमा पिरोलिएको छु: राष्ट्रपति
मेची बहुमुखी क्याम्पसको स्वर्ण महोत्सव उदघाटन गर्न २ असोजमा झापाको भद्रपुर आइपुगेका राष्ट्रपति रामवरण यादवले देशको आवश्यकता अनुरुपको शिक्षा नहुँदा पनि युवाहरु विदेशिनु परेको बताएका छन् । उनले भने, “देशको स्रोत साधन सुहाँउदो र आवश्यकता अनुरुपको शैक्षिक जनशक्ति चाहिएको छ ।”
मुलुकको राजनीतिक परिवर्तनमा पूर्वी नेपालले पटक पटक नेतृत्वकारी भुमिका निर्वाह गरेको स्मरण गर्दै यादवले भने, “पूर्वी नेपालको पहाड र तराई दुबै राजनीतिक रुपमा अग्रणी छन् ।”
उनले प्राकृतिक स्रोत र साधनमाथिको चर्काे दोहनले विकराल स्थिति ल्याएकोमा चिन्ता ब्यक्त गर्दै चुरे क्षेत्रमा भइरहेको वन बिनाश र प्राकृतिक स्रोतको अत्यधिक दोहनले तराइमा मरुभूमिकरण बढदै गएको तर्फ सचेत हुन सबैलाई आग्रह गरे ।
त्यस अवसरमा मेची क्याम्पसलाई सहयोग गर्नेहरुलाई राष्ट्रपति यादवले सम्मान गरेका थिए ।
गोपाल गडतौला, झापा
