थप समाचारशुक्रबार, आश्विन ३, २०७१

स्कटल्याण्ड स्वतन्त्र नहुने

हिमालखबर

scotlandस्कटल्याण्ड स्वतन्त्र हुने वा बेलायत अन्तर्गत रहिरहने भनेर बिहिबार गरिएको जनमतसंग्रहमा ५५ प्रतिशत मतदाताले ‘हुँदैन’ भन्ने पक्षमा मत हालेपछि स्कटल्याण्ड बेलायतबाट नछुट्टिने भएके छ ।

जनमतसंग्रहको परिणाम आएपछि बेलायतका प्रधानमन्त्री डेभिड क्यामरनले आफू अत्यन्त खुशी भएको भन्दै संयुक्त अधिराज्य एकीकृत रहने बताएका छन्।

उनले राष्ट्रिय एकताका लागि आग्रह गरे।

स्वतन्त्र हुनुपर्ने अभियानका प्रमुख नेता एलेक्स साल्मण्डले पराजय स्वीकार गरेका छन्।

जनमतसंग्रहमा ८५ प्रतिशत मत खसेको अधिकारीहरुले बताएका छन्।

सबभन्दा ठूलो शहर ग्लास्गोले स्वतन्त्रताको पक्षमा मत दिए पनि अधिकांश ठाउँमा स्वतन्त्रताको विपक्षमा मतदान भएको छ ।

प्रचार प्रसार अभियानका अन्तिम दिनतिर मानिसहरुले बेलायतबाट छुट्टिनुपर्दा धेरै खतरा भएको ठानेका थिए र विपक्षमा मतदान गरे ।

जनमत संग्रहमा मतदानका लागि मतदाताहरुलाई  दिइएको मतपत्रमा ‘स्कटल्याण्ड स्वतन्त्र देश हुनुपर्छ ?’ भन्ने एउटामात्र प्रश्न राखिएको छ र मतदाताले ‘हुनुपर्छ’ या ‘हुँदैन’ मा आफ्नो मत दिनु पर्ने थियो ।

 

———————————————————————————————

स्कटल्याण्डको जनमतसंग्रहमा मतदान शुरु

तीन सय वर्षको इतिहासमा पहिलोपटक स्कटल्याण्ड ब्रिटेन अन्तर्गत रहने कि स्वतन्त्र राज्य बन्ने भनेर हुन लागेको जनमत संग्रहका लागि मतदान केन्द्रहरु खुलेका छन्।

scotland_referendum

मतदाताहरुले के स्कटल्याण्ड स्वतन्त्र मुलुक हुनुपर्छ? भन्ने प्रश्नको ‘हुन्छ’ र ‘हुँदैन’ भन्ने जवाफमा मत हाल्नेछन्।

४२ लाख ८५ हजार तीन सय तेइस मानिसले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् जुन मत दिन पाउने उमेर जनसंख्याको ९७ प्रतिशत हो।

मतदान गर्नेको संख्या ऐतिहासिक रुपमा उच्च हुने अपेक्षा छ।

मतगणना
बिहान सात बजे शुरु भएको मतदान बेलुका १० बजेसम्म चल्नेछ।

२६ सय ८ मतदान केन्द्रहरुमा मतदान हुनेछ।

परिणाम शुक्रबार विहानसम्म आइपुग्ने अपेक्षा राखिएको छ।

स्कटल्याण्डका ३२ स्थानीय निकायहरु हरेकमा मतगणना गरिनेछ।

जनमतसंग्रमा उच्च संख्यामा मतदाता सहभागी हुने अपेक्षा छ ।

हुलाक मार्फत ७ लाख ८९ हजार २४ मत खसाउन आवेदन परेको छ।

हुलाक मार्फत मत हाल्न पनि यसपटक स्कटल्याण्डको इतिहासमा सबभन्दा ठूलो संख्यामा आवेदन परेको थियो।

परिणाम
हरेक क्षेत्रका मतगणना गर्ने अधिकारीले त्यसको परिणाम एडिनबरास्थित मुख्य गणना अधिकारी मेरी पीटकेथलीलाई दिनेछन्।

उनको अनुमतिमा ति अधिकारीहरुले परिणाम घोषणा गर्नेछन्।

३२ वटै स्थानीय निकायको परिणाम प्राप्त भइसकेपछि पीटक्याथलीले जनमत संग्रहको परिणाम रोयल हाइल्याण्ड सेन्टरमा घोषणा गर्नेछिन्।

जनमतसंग्रहको परिणाम शुक्रबार विहानसम्म आइसक्ने बताइसकिएको छ ।

पीटक्याथलीले शुक्रबार ब्रेकफाष्ट समयमा परिणाम घोषणा गर्ने बताएकी छन्।

कतिपय दुर्गम क्षेत्र र खराब मौसमका कारण मतपेटिका प्राप्त हुन ढिलाइ हुन सक्ने र त्यसले कुल परिणाम घोषणा गर्न समय लाग्न सक्ने बताइएको छ।

हेलिकप्टर र डुंगाबाट पनि मतपेटिका ओसारिने बताइएको छ।

बीबीसीका विभिन्न च्यानलहरुले रातभरी नै प्रत्यक्ष प्रसारण गर्नेछन्।

यसले परिवार र साथीभाइमा विभाजनबारे गम्भीर बहस शुरु भएको छ।

बीबीसीबाट साभार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>