समाचारशुक्रबार, आश्विन ३, २०७१

अवरुद्ध संसद छाडेर प्रधानमन्त्री अमेरिकातिर

हिमालखबर

bicc३ असोजमा संसद सुरु भएलगत्तै सभासद तथा एमाओवादी नेता प्रभाकर पौडेलले संसद अवरुद्ध भएको जनाएका थिए । उनले सरकारले विपक्षी दलहरुलाई हदै कमजोर आँकेको भन्दै संसद अवरुद्ध भएको जनाए ।

अर्काे बैठक सभामुख सुवास नेम्वाङले ५ असोजका लागि बोलाएको सभासद पार्वत गुरुङले बताए । संविधानसभालाई ओझेलमा पार्नेगरी अर्काे संयन्त्र बनाउन कांग्रेस एमाले तयार नभएपछि १० भदौदेखि संसद चल्न सकेको छैन ।

प्रधानमन्त्री अमेरिका जाँदै

यसैवीच, प्रधानमन्त्री सुशील कोइराला अवरुद्ध संसद छाडेर ३ असोज साँझ अमेरिकातर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री कोइरालाले नियमित स्वास्थ्य जाँच, संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन र त्यहाँ रहेका नेपालीहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री कोइराला १६ असोजमा स्वेदश फर्कने छन् । यता, लामो समयदेखि संसद अवरुद्ध हुँदा विनियोजन विधेयक, दैवीप्रकोपलगायत सामयिक कामहरु रोकिएको छ ।

सरकार पक्षको वेवास्ताले गर्दा नियमित काम रोक्नुपरेको एमाओवादी नेता पौडेलले बताए । सत्तारुढ दल एमाले नेता रबिन कोइरालाले भने संविधानसभालाई नै ओझेलमा पार्नेगरी एमाओवादीले माग राखेकाले बार्ताहरु सार्थक नहुँदा संसदले नियमित काम गर्न नसकेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>