समाचारशुक्रबार, आश्विन ३, २०७१

‘जनसरकार’ले गरेका कामलाई वैधता दिन एमाओवादीको माग

हिमालखबर

शान्ति प्रकृयालाई टुंगो लगाउन संयन्त्र जरुरी रहेको भन्दै आएको एमाओवादीले नयाँ माग थपेको एमाले नेता अग्नी खरेलले बताएका छन् । एमाओवादीले युद्धका बेला गठन गरेको ‘जनसरकार’ले रुकुम र रोल्पामा गरेको  ‘जग्गा रजिष्ट्रेशन पास’लाई मान्यता दिन माग गरेको छ ।

एमाओवादी नेता गोपाल किराँतीले शान्ति प्रकृया टुंगो लगाउनुपर्ने काम भएकाले संयन्त्रको विकल्पमा यस्तो माग राखिएको बताए । उनले भने, ‘‘शान्ति प्रकृया बाँकी छैन भन्ने हो भने ‘जनसरकार’ले गरेको कामलाई वैधता दिनुपर्छ भनेका हौं ।’’

एमाओवादी र मधेश केन्द्रित दलहरुले १३ भदौदेखि संयन्त्र गठनको माग गर्दै संसद बैठक अवरुद्ध गर्दैआएको छ । एमाओवादी नेता किराँतीले माग पूरा नभएसम्म संसद चल्न नदिने बताए । संसद खुलाउनेबारे ४ असोजमा पुनः तीन दलको बैठक बस्ने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>