समाचारशुक्रबार, आश्विन ३, २०७१

राउतलाई थप दुई दिन थुनामा राख्न विशेष अदालतको अनुमति

हिमालखबर

ck_raut_adalatबन्दीप्रत्यक्षिकरणको मुद्दामा आदेश अनुसार सर्वोच्च अदालतमा उपस्थिति गराइएको सीके राउतको मुद्दा हेर्न नभ्याउने भन्दै सर्वोच्चले ५ असोजमा पेशी तोकेपछि उनलाई म्याद थपका लागि प्रहरीले विशेष अदालतमा लगेको थियो ।

विशेषले ३ असोजमा थप दुई दिन (५ असोजसम्म) हिरासतमा राख्न अनुमति दिएको हो । ५ असोजमा प्रहरीले राउतलाई सर्वोच्चमा उपस्थित गराउने छ ।

एक साताअघि मोरङको रंगेलीबाट पक्राउ परेका राउतलाई २ असोजमा प्रहरीले विशेष अदालत काठमाडौंमा उपस्थित गराई २४ घण्टा हिरासतमा राख्ने अनुमति लिएको थियो ।

सीके राउतले राष्ट्रिय अखण्डतामा खतरा उत्पन्न गर्ने काम गरेका यथेष्ट प्रमाण फेला परेपछि उनलाई राज्य विरुद्धको अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भएको प्रहरीको भनाई छ ।

राज्य विरुद्धको अपराध र सजाय ऐन २०४६ अर्न्तगतका मुद्दा कारवाही र किनारा गर्ने अधिकार विशेष अदालतलाई छ ।
अमेरिकामा अध्ययन गरेका सप्तरीका चन्द्रकान्त (सीके) राउत पछिल्लो समय मधेशलाई नेपालबाट अलग गराउने अभियानमा सक्रिय छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>