समाचारशनिबार, आश्विन ४, २०७१
दलाल र माफियाको अन्त्य हुन्छः महेश बस्नेत
नेकपा एमाले क्षेत्र नं २ भक्तपुरले सूर्यविनायकमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उद्योगमन्त्री महेश बस्नेतले अब कुनै पनि टेन्डरमा दलाल, गुण्डा र माफियाले हस्तक्षेप गर्न नसक्ने व्यवस्था गरिने बताएका छन् ।
बस्नेतले भने, “अब टेन्डर आह्वान गर्दा ई–रजिस्ट्रेसन नियम लागू गर्न सबै उद्योगलाई परिपत्र जारी गरिसकिएको छ ।”
नेपालमा उद्योगको विकास र विस्तारका लागि वैदेशिक लगानी भित्र्याउन औद्योगिक ऐन संशोधन गर्न लागेको र सो ऐन पारित भएलगत्तै लागू हुने मन्त्री बस्नेतले बताए ।
कम्पनी रजिष्ट्रारको कार्यालयदेखि हरेक औद्योगिक क्षेत्रमा सिसिटिभीको व्यवस्था गरिने पनि उनले जानकारी दिए ।
