समाचारआइतबार, आश्विन ५, २०७१
पूर्वराजा ज्ञानेन्द्रलाई हृदयघात, अवस्था खतरामुक्त
४ असोज राति हृदयघात भएपछि पूर्व राजा ज्ञानेन्द्र शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएको शाहका निजी सचिव फणिराज पाठकले जानकारी दिएका छन् ।
६७ वर्षीय पूर्व राजालाई राति अचानक चिटचिट पसीना आउने र रिंगटा लाग्ने समस्या देखिएपछि अस्पताल पुर्याइएको थियो । उनलाई ‘माइल्ड हर्ट एट्याक’ भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा राति नै शाहको कोरोनरी एन्जियोप्लास्टी (मुटुको रक्त नली खोल्ने कार्य) गरेको थियो ।
अहिले उनको अवस्था खतरामुक्त रहेको पाठकले बताए ।
नर्भिक अस्प्तालका चिकित्सक भरत रावत र यादवदेव भट्टको टोली शाहको उपचारमा खटिएको छ ।
पूर्वरानी कोमल र अन्य आफन्तहरु अस्पताल मा छन् ।
अस्पतालले पनि शाहको अवस्था खतरामुक्त रहेको जनाएको छ ।
