समाचारआइतबार, आश्विन ५, २०७१
प्रमुख दलको बैठक बिनानिष्कर्ष टुङ्गियो
संविधानसभाको राजनीतिक, संवैधानिक सम्वाद, सहमति समितिको पहलमा ५ असोजमा सिंहदरबारमा भएको प्रमुख दलका शीर्ष नेताहरुको अनौपचारिक बैठकमा कुनै सहमति नभएपछि थप छलफलका लागि दिउँसो २ बजे अर्को बैठक राखिएको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
दलहरुबीच राज्यको पुनःसंरचना, राज्यको शासन प्रणाली, न्याय प्रणालीलगायतका विषयमा सहमति हुन सकेको छैन ।
