समाचारआइतबार, आश्विन ५, २०७१
समयमा संविधान बन्नेमा शङ्का: खड्का
नेपाली कांग्रेस कैलाली क्षेत्र नं २ ले चिसापानीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता खुमबहादुर खड्काले एमाओवादीसहितका प्रतिपक्षी दलहरुको अडानका कारण संविधान लेखनमा अवरोध सिर्जना भइरहेको आरोप लगाएका छन् ।
उनले कांग्रेसले संविधान बनाउन खोजे पनि प्रतिपक्षी दलहरुले विभिन्न बहानामा संविधान निर्माणमा अवरोध गरिरहेको दाबी गरे ।
कार्यक्रममा नेता खड्कालाई ‘वैदिक सनातन हिन्दू राष्ट्र नेपाल संस्थागत संयुक्त सङ्घर्ष समिति’ ले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउन नहुने माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।
रासस
