समाचारआइतबार, आश्विन ५, २०७१

नेविसंघ महाधिवेशन ३० कात्तिक देखि

हिमालखबर

nebisanghनेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको महाधिवेशन ३० कात्तिकदेखि २ मंसीरसम्म गर्ने निर्णय भएको नेविसंघका नेता ऋषिकेश जंग शाहले जानकारी दिएका छन् ।

६ पटकसम्म मिति सारिएको नेविसंघको महाधिवेशन मिति पछिल्लो समय २९ भदौदेखि गर्ने घोषणा गरिए पनि उद्घाटन भन्दा एक दिनअघि स्थगित भएको जनाइएको थियो ।

मिति घोषणासँगै महाधिवेशन माग गर्दै एक सातादेखि अनसनरत विद्यार्थीहरूले अनसन तोडेका छन् ।

नेविसंघका पूर्वकेन्द्रीय सदस्य गणेश सापकोटा, शंकर पौडेल, रविन्द्र रोकाया र सुजन अधिकारी केन्द्रीय केन्द्रीय कार्यालय सानेपामा आमरण अनसनरत थिए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>