समाचारआइतबार, आश्विन ५, २०७१
बाबुरामले ज्ञानेन्द्र शाहलाई भेटे
एमाओवादी नेता बाबुराम भट्टराईले थापाथलीस्थित नर्भिक अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका पूर्वराज ज्ञानेन्द्र शाहलाई भेटेर शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
भेटेर फर्कने क्रममा भट्टराईले शाहको स्वास्थ्यलाभको कामनाका लागि अस्पताल परिसरमा राखिएको पुस्तिकामा हस्ताक्षर समेत गरेका छन् । उनले ‘पूर्वराजा ज्ञानेन्द्र शाहको शिघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु’ लेखेका छन् ।
शाहलाई भेट्न पूर्व प्रधानमन्त्री किर्तिनिधि विष्ट, राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीलगायत थुप्रै शुभेच्छुक र आफन्तहरु अस्पताल पुगेका छन् ।
