समाचारबिहीबार, आश्विन १८, २०६९
एनसेल सेन्टरमा आगलागी, एक करोड बढीको क्षति
सिरहा नगरपालिका– ७ का रामपुजन साहको घरमा बन्न लागेको एनसेल सेन्टरमा विद्युत् सर्ट भएर बिहान ३ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक कृष्णहरि शर्माले बताए । उनका अनुसार एनसेल सेन्टरले भवन बनाउन रु एक करोडमा ठेक्का लगाएको थियो ।
भवनभित्र सजावट गर्ने क्रममा बिहान आगलागी भएपछि सबै सामान जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । सेन्टरको २५ असोजमा उद्घाटन हुने कार्यक्रम थियो ।
आगलागीबाट उक्त भवनमा रहेको हिरो होन्डा सो रुममा पनि क्षति पुगेको छ । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा लहान र राजविराजबाट पुगेको वारुण यन्त्रले दुई घन्टापछि आगलागी नियन्त्रणमा लिएका थिए । रासस
