समाचारमंगलबार, आश्विन ७, २०७१

‘पार्टीकी आमा’ छायाँ पर्दा

हिमालखबर

०४६ को संयुक्त वाम–प्रजातान्त्रिक आन्दोलनका संयोजक नेत्री प्रधानलाई सङ्घर्षशील तथा जुझारू महिला नेत्रीका रूपमा

एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली बाम नेतृ साहना प्रधानको पार्थिव शरीरलाई पार्टी झण्डा ओधाउँदै । उपचारत प्रधानको गएराति निधन भएको हो । तस्वीर : देवकी विष्ट/हिमालखबर

एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली बाम नेतृ साहना प्रधानको पार्थिव शरीरलाई पार्टी झण्डा ओधाउँदै । उपचारत प्रधानको गएराति निधन भएको हो । तस्वीर : देवकी विष्ट/हिमालखबर

लिइन्थ्यो ।  एमालेका नेताहरू प्रधानलाई प्रायः ‘पार्टी आमा’ भनेर चिन्थे । समग्रमा उनलाई प्रजातान्त्रिक आन्दोलनको अभिभावक मानिन्थ्यो ।

उनको गएराति निधन भएपछि बल्खुस्थित एमाले केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलि दिन पुगेका विभिन्न पार्टीका नेताहरूले प्रधानले आन्दोलनमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

एमाले ध्यक्ष केपी शर्मा ओलीले पार्टीले एक असल अभिभावक, लोकतान्त्रिक आन्दोलनले एकजना अग्रणी योद्धा र नेपाली महिलाले प्रेरक व्यक्तित्व गुमाएको बताए ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले वाम आन्दोलनकी अग्रणी व्यक्ति, महिला आन्दोलनकी धरोहर, प्रगतिशील रुपान्तरणका एक अगुवाको निधनले मुलुकलाई अपूरणीय क्षति पुगेको प्रतिक्रिया दिए ।

नेपाली काँग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि प्रधानले लोकतान्त्रिक आन्दोलनलाई नेतृत्व गर्ने सन्दर्भमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताए ।

साहनाकी बहिनी भावविहल अवस्थामा । तस्वीर: देवकी विष्ट/हिमालखबर

साहनाकी बहिनी भावविहल अवस्थामा । तस्वीर: देवकी विष्ट/हिमालखबर

कार्यबाहक प्रधानमन्त्री वामदेव गौतम, सभामुख सुवास नेम्वाङ, एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, एमाओवादीका नेता डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्री प्रकाशमान सिंह, सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजाल, काँग्रेसका महामन्त्री कृष्ण सिटौला, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सूर्यबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, नेकपा मालेका महासचिव सिपी मैनाली, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलगायतले प्रधानको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिए ।

गत २३ जेठबाट मस्तिष्कघात र छातीको सङ्क्रमणबाट ग्रसित प्रधानको बयोधा अस्पतालमा निधन भयो ।

 

नेपाली राजनीतिमा साहना

२९ असार १९८४ मा काठमाडौँको असनटोलमा आमा रम्भादेवी र बुबा शङ्करलाल प्रधानकी तेस्रो सन्तानका रूपमा जन्मिएकी प्रधान पाँच वर्षको उमेरमा आफ्नो परिवारसँगै बर्मा गई प्रारम्भिक शिक्षा त्यहीँ प्राप्त गरिन् ।

बर्मामा छँदै दोस्रो विश्व युद्धको घटनाको प्रेरणाबाट शान्ति, लोकतन्त्र, देशभक्ति र मानवसेवाको भावनाबाट जागृत प्रधान २००१ असारमा स्वदेश फर्केपछि राणा शासनविरोधी आन्दोलनमा संलग्न भइन् ।

उनकै सक्रियतामा २००४ साल वैशाख १७ गते काठमाडौँमा जहानियाँ राणा शासनविरुद्ध पर्चा छर्ने र जुलुस निकाल्ने क्रममा उनी गिरफ्तारीमा परिन ।

प्रधान २००४ साल असारमा गठित नेपाल महिला सङ्घको संस्थापक केन्द्रीय सदस्य हुन् । २००७ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेकी उनी अखिल नेपाल महिला सङ्घको संस्थापक महासचिव र पछि अध्यक्ष बनिन् ।

पति पुष्पलाल, दाजु गौरीभक्त प्रधान, दिदी साधना अधिकारीसमेत उनको सीङ्गो परिवार नेपाली लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलन संलग्न रहेको थियो ।

१० माघ ०१० मा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालसँग वैवाहिक सम्बन्धमा बाँधिएकी साहनाले सींगो जीवन पुष्पलालको राजनीतिक जीवनको अभिन्न सहयात्री र अन्तरङ्ग सहयोगीका रूपमा व्यतित गरिन् ।

प्राध्यापन जीवनको पनि अनुभव बटुलेकिी प्रधानले २०४६ को आन्दोलनमा सहकमाण्डरको भूमिका निर्वाह गरिन् । जसले पञ्चायत शासनको अन्त्य र प्रजातन्त्रको पुनःउदय गराए ।

उक्त आन्दोलनपछि गठीत अन्तरिम मन्त्रिपरिषदमा वरिष्ठ मन्त्रीका रूपमा उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हालिन् । ०४७ पुसमा नेकपा माले र नेकपा माक्र्सवादीबीच एकीकरणसँगै नेकपा एमालेको नेतृत्वदायी भूमिकामा रहेकी सहानाले जीवनपर्यन्त पार्टीमा अभिभावकीय भूमिका निर्वाह गरिन् ।

०४८ को आमनिर्वाचनमा काठमाडौँबाट सर्वाधिक मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा विजयी बनेकी उनी ०५१ को मध्यावधि निर्वाचनमा पनि निर्वाचित भइन् । उनी ०५३ मा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बनिन् । ०५४ देखि ०५८ सम्म नेकपा मालेको अध्यक्ष रहिन् ।

महिला सुरक्षा दबाब समूहको पूर्वअध्यक्ष प्रधानका एक छोरा र एक छोरी छन् ।

तीन दिन पार्टीको झण्डा झुकाइने

प्रधानको निधनपछि एमाले पदाधिकारी बैठकले उनको सम्मानमा देशभरका पार्टी कार्यालयमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने र पार्टीको औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

देशभर श्रद्धाञ्जलि कार्यक्रम आयोजना हुने र केन्द्रीय कमिटीको तर्फबाट आगामी ११ असोजमा श्रद्धाञ्जलि कार्यक्रम गर्ने निर्णय एमालेले गरेको छ ।

प्रधानको अन्त्येष्टिका लागि बल्खुबाट शवयात्रा सुरू भएको छ । शवयात्रा कालीमाटी, त्रिपुरेश्वर, जमल, घण्टाघर, कमलपोखरी, मैतीदेवी, ज्ञानेश्वर, रातोपुल र गौशाला हुँदै पशुपति आर्यघाट पुग्नेछ । उनको आजै दाहसंस्कार गरिनेछ ।
–प्रकाश सिलवाल/कालिका खड्का

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>