समाचारबिहीबार, आश्विन १८, २०६९

मन्त्रिपरिषद्को निर्णय: सेनामा बढुवा, चिनीमा भ्याट छुट

हिमालखबर

सहायक रथीमा बढुवा पाउनेहरुमा राजु वस्नेत, प्रभुराम शर्मा, बिजयध्वज कार्की, समिर शाही र सुर्वणबहादुर महत छन् । राजु बस्नेतमाथि मानवअधिकार उल्लंघनको आरोप लागेको थियो ।

त्यसैगरी बाबुराम श्रेष्ठ, अरुणकुमार पाल, प्रदिपजंग केसी, निरज पौडेल र सन्तोष ढकाल महासेनानीमा बढुवा भएको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए ।

यस्तै सरकारले चाडबाडका बेला देशभर सुपथ मुल्यका पसल संचालन गर्न स्विकृति दिएको छ भने पर्वका बेला चिनी आपूर्ति कम हुन नदिन नेसनल ट्रेडिङ र साल्ट ट्रेडिङलाई भन्सार छुटमा २० मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको छ ।

बैठकले २६ औँ एसिया–प्रशान्त उद्योग वाणिज्य महासङ्घको सम्मेलनका लागि १० लाख रुपैयाँ अनुदान दिने र बेलायती सेनाध्यक्षको आगामी नोभेम्बरमा हुने नेपाल भ्रमणलाई पनि स्वीकृति प्रदान गरेको छ ।
त्यसैगरी राष्ट्रपति कार्यालयका  सचिव वामन न्यौपाने र  उद्योग सचिव उमाकान्त झाले दिएको राजीनामा स्विकृत गरेको यादवले जानकारी दिए  ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>