समाचारमंगलबार, आश्विन ७, २०७१
म्याग्दी जिप दुर्घटनामा १२ को मृत्यु, सबैको सनाखत
म्याग्दीको राम्चेबाट सदरमुकाम बेनी आउँदै गरेको ग१ज ४३२४ नम्बरको जिप हिस्तान–७ औलको गिद्धेश्वर मन्दिर नजिकको भिरबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
जीपमा १३ जना व्यक्ति सवार भएको भनिए पनि १२ जनाको मात्र शव फेला परेको छ । मृतक १२ जना सबैको सनाखत भइसकेको घटनास्थलमा पुगेका म्याग्दी जिप तथा बस व्यवसायी समितिका अध्यक्ष सुरत केसीले जानकारी दिए ।
मृत्यु हुनेमा राम्चे गाविसका सचिव शालिग्राम शर्मा (सापकोटा), सचिव शर्माका भाइ वैकुण्ठ सापकोटा, भवन डिभिजन कार्यालय बागलुङका इन्जिनियर डिल्लु श्रेष्ठ, भवन डिभिजन कार्यालय बागलुङका सुपरभाइजर हेमन्त सिउथानी, राम्चे स्वास्थ्य चौकीका ठेकेदार अर्जुन भनिने रामबहादुर खत्री, चालक राम्चे काफलबोटका घमबहादुर पुर्जा, राम्चे– ३ का सुरेश गर्वुजा, राम्चे– ४ की याममाया पुर्जा, बागलुङका सुमित मलेपति, हिस्तान घराम्दीका देउबहादुर गर्वुजा, उनकी श्रीमती सममती गर्वुजा र हिस्तान घराम्दीकै हेमसरा गर्वुजा रहेको अध्यक्ष केसीले बताए ।
जिप सडकदेखि तल भिरमा खसेर टुक्राटुक्रा भएको छ ।
रासस
