समाचारबुधबार, आश्विन ८, २०७१
चार डिआइजीलाई बढुवा गर्न सर्वाेच्चको आदेश
डिआइजीहरु यादव अधिकारी, विश्वराज शाही, पर्शराम खत्री र सुशीलवरसिंह थापालाई बढुवा गर्न सर्वाेच्चले आदेश दिएको हो । यो सँगै प्रहरीमा एआइजी संख्या १३ पुगेको छ ।
बढुवा ऐन, नियमलाई मिचेर बढुवा भएको भन्दै रीट दायर भएपछि बढुवा गर्न आदेश दिएको हो । यसअघि, सर्वाेच्चकै आदेश अनुसार दुई जना डिआइजी बढुवा भएका थिए ।
