समाचारबिहीबार, आश्विन ९, २०७१
दशैं शुरु, घटनास्थापना गरिँदै
दशैंको पहिलो दिन ९ असोजमा जौ, तिल, मकै जमरा राखेर घटस्थापना गरिँदैछ । लिपपोत गरी चोखो गरिएको ठाउँमा दियो, कलश र गणेश स्थापना गरेर बालुवा मिसिएको माटोमा जौ, तिल, मकै छरेर जमरा राखी घटस्थापना गर्ने चलन छ ।
घटनास्थापनाका लागि बिहान १०.४५ बजे उत्तम साइत रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । देशभरका शक्तिपीठ, देवी मन्दिरहरुमा यही साइतमा घटस्थापना गरिन्छ ।
राजधानीको हनुमानढोकाको दशैंघर, भक्तपुरको तुलजा भवानी, गोरखाको कडेल्चोक भगवतीमा पनि घटस्थापना गरिएको छ । हनुमानढोका दरबारका अनुसार टिकाको दिन सबैलाई देवीको टीका र जमरा वितरण गर्न पुग्ने गरी घटस्थापनाको तयारी भएको छ ।
९ असोजदेखि नै नवरात्र पनि शरु भएको छ । नवरात्रभरी दुर्गा स्तोत्र अर्थात सप्तसति चण्डी पाठ गरिन्छ ।
