थप समाचारबिहीबार, आश्विन ९, २०७१
संवाद समिति र जनतान्त्रिक मोर्चाबीच वार्ता
–ईश्वरचन्द्र झा, जनकपुर
संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गत वार्ता गर्न गठित संवाद उपसमितिले जनतान्त्रिक तराई मुक्ति मोर्चासँग ९ असोज बिहान जनकपुरमा वार्ता गरेको हो । ८ असोजमा वार्ता हुने भनिए पनि मोर्चाका वार्ता टोली राति मात्र आइपुगेकाले ९ असोजमा मात्र वार्ता भएको हो ।
वार्तामा समितिको तर्फबाट संयोजक आनन्दप्रसाद ढुंगाना, सदस्यहरु सर्वेन्द्रनाथ शुक्ल र गंगा साह सहभागी छन् । मोर्चाको तर्फबाट भने मनोज मुक्तिको नेतृत्वमा जय मुक्ति भनिने बुलन यादव र भाष्कर मुक्ति भनिने दिपककुमार सिंह छन् ।
मनोज मुक्ति मोर्चाका कार्यवाहक अध्यक्ष हुन् । मोर्चाका अध्यक्ष मोर्चाका अध्यक्ष रञ्जित झा भनिने राजन मुक्ति भने अहिले जलेश्वर कारागारमा छन् ।
वार्ता अघि मनोज मुक्तिले समावेशी आधारमा राज्यको हरेका निकायमा मधेसीको प्रतिनिधित्वको माग आफ्नो प्रमुख एजेण्डा रहेको बताएका थिए । यसअघि, जनकपुरमै २५ र २६ साउनमा भएको वार्तामा जनतान्त्रिक राजन मुक्ति समूह सहभागी भएको थिएन ।
संवाद उपसमितिका संयोजक ढुंगानाले वार्ता सकारात्मक रहेको बताए ।


