समाचारबिहीबार, आश्विन १८, २०६९

पूर्व गृहसचिव पोखरेल भ्रष्टाचारी ठहर

हिमालखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलले १ करोड, ५१ लाख, ३८ हजार, ८९८ रुपैया ५५ पैसा भ्रष्टाचार गरी कमाएको दावी सहित दायर गरेको मुद्दामा विशेषले पोखरेलको सम्पत्ति मध्ये ५८ लाख ५९ हजार, ७८५ रुपैया ८६ पैसा मात्रै स्रोत नखुलेको ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओम प्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले १८ असोजमा गरेको फैसलामा भनिएको छ, “नेपाल सरकारको सचिवजस्तो विशिष्ट श्रेणीको पदाधिकारी भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम निजले गैरकानुनीरूपमा भ्रष्टाचार गरेर आर्जन गरेको ठहर्छ । उक्त ऐनको दफा २४ बमोजिम थप सजाय कैद छ महिनासमेत गरी जम्मा कैद एक वर्ष छ महिना हुने ठहर्छ ।” २०३२ साल जेठ ३० गते शाखा अधिकृतबाट सेवा शुरु गरेका पोखरेल २०५७ साल चैत १ गते सचिवबाट सेवा निवृत्त भएका थिए ।

अदालतले पोखरेल उनकी श्रीमती झुना पोखरेल र छोरी रोमिला पोखरेलका नाममा रहेको चल अचल सम्पत्तिबाट विगो र जरिवाना असुल गर्न आदेश दिएको छ ।
अख्तियारले २०६० साल मंसिर १० गते पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरे पनि हदम्याद नाघेको भन्दै ४ बर्षपछि विशेष अदालतले खारेज गरिदिएको थियो । सर्वोच्च अदालतको फैसलाका आधारमा अख्तियारले गएको बैशाख २९ गते फेरि विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>