समाचारबिहीबार, आश्विन ९, २०७१

जनजाति ककसमा कांग्रेस एमालेका सभासद नबस्ने

हिमालखबर

himalkhabar

हिमाल अर्काइभ

संविधानसभाको पहिलो र दोस्रो ठूलो दलका सभासदहरु नै सहभागी नहुने जनाएपछि एमाओवादी र केही जातीय, क्षेत्रीय दलका सभासदहरुले ककस बनाएका छन् । खम्बुवान राष्ट्रिय मोर्चाका सभासद रामकुमार राईले हिमालखबरसँग भने, ‘‘ककस बनाइसकेका छौं, घोषणा गर्न बाँकी छ ।’’

कांग्रेस केन्द्रीय सदस्य तथा सभासद धनराज गुरुङले कांग्रेसका सभासदहरु ककसमा नजाने बताए । उनले भने, ‘‘संविधान बनाउँन छाडेर ककस बनाउनतिर लाग्नु राम्रो होइन, विगतले त्यसलाई प्रमाणित गरेको छ ।’’

आइएलओका नाममा विदेशी चलखेलका निम्ति बन्ने समूहमा कांग्रेस सहभागी नहुने उनले बताए ।

एमाले सभासद शेरबहादुर तामाङले पार्टीको ह्वीप अनुसार ककसमा सहभागी नहुने बताए । उनले संविधान निर्माणमा अवरोध पार्नेखालको कुनैपनि मोर्चा निर्माण गर्न नहुने बताए । खम्बुवान सभासद राईले भने जनजाति सभासदहरुलाई ककसमा थप्दै जाने बताए ।

आइएलओले ककस बनाउन एकमहिनादेखि कसरत गर्दै आएको छ । एमाले सभासद पाँचकर्ण (पीके) राईका अनुसार एमाले र कांग्रेसका सभासदलाई पनि समेट्न आइएलओले धेरै प्रयास गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>