थप समाचारबिहीबार, आश्विन ९, २०७१
चितवनमा गोली हानी एकको हत्या
–सविता श्रेष्ठ, चितवन
चितवनको अयोध्यापुरी–१ जेठाजुबुहारी खोला नजिकैको जंगलमा गोली हानेर एक जनाको हत्या गरिएको छ । ९ असोज बिहान ११ बजेतिर भएको गोली प्रहारबाट एक जना भने घाइते छन् ।
गोली प्रहारबाट चितवन, रत्ननगर–१ बकुल्लहरका शेषचन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको जल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनी चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी हुन् ।
यस्तै, घाइते बगौडा–३ वसन्तपुरका त्रिलोक चौधरीको भने भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
चितवन माडीको वसन्तपुरबाट ठोरी जाँदै गरेका उनीहरुमाथि गोली प्रहार भएको प्रहरीको भनाइ छ । प्रहरी नायव उपरीक्षक कोइरालाका अनुसार जंगलबाट निस्किएका ४–५ जनाको समूहले उनीहरुमाथि गोली प्रहार गरेका थिए ।
