समाचारशुक्रबार, आश्विन १०, २०७१

जमिन, आकाश तथा हावाको स्वामित्व राज्यको हुने

हिमालखबर

जमिन, आकाश तथा हावाको स्वामित्व राज्यको हुनेसंवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको १० असोजमा बसेको बैठकले जमिन, आकाश, पानी तथा हावाको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलन समेतका आधारमा राज्यले नियमन र व्यवस्थापन गर्दै त्यसको समुचित उपयोग गर्ने विषयमा सहमति गरेको हो ।

समितिले सामाजिक न्यायिक हक सम्बन्धमा आदिवासी जनजातिका साथै अल्पसङ्ख्यक (मुस्लिमलगायत) थप गरी सबैलाई आफ्नो पहिचान सहित भाषा तथा संस्कृतिको संरक्षण संवर्द्धन र विकास गर्न प्राथमिकताका साथ विशेष अवसर तथा लाभ गर्ने हक हुनेछ भन्ने सहमति गरेको समितिका सभापति बाबुराम भट्टराईले जानकारी दिए ।

उनका अनुसार नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका आन्दोलन, सङ्घर्ष र क्रान्तिका क्रममा शहीद, बेपत्ता, अपाङ्ग र घाइतेलगायत सबैलाई सामाजिक सुरक्षाको हक हुने सहमति भएको छ ।

समितिले बेलायत र हङकङमा रहेका नेपालीलाई समान अधिकार दिलाउन राज्यले पहल गर्ने निर्णय गरेको छ । उनीहरुलाई दोहोरो नागरिकताको दिंदा जटिलता उत्पन्न हुने ठहर गर्दै समितिले समान अधिकार दिलाउन राज्यले पहल गर्ने निर्णय गरेको भट्टराईले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>