समाचारआइतबार, आश्विन १२, २०७१

गंगामायाको जीवन बचाउन माग गर्दै धर्ना

हिमालखबर

तस्वीर: विवेक ढुङ्गाना

तस्वीर: विवेक ढुङ्गाना

गंगामाया बचाऊँ अभियानले असोज १२ गते विहान वीरअस्पताल अगाडि धर्ना दिएको हो । छोराको हत्यारालाई कारवाही गर्नुपर्ने माग राखेर अनसन बसेकी गंगामायाको जीवन बचाउन एक मिनेट पनि ढिलो गर्न नहुने स्थिति बनेपछि अभियानले धर्ना दिएको हो ।

धर्नामा शुभचिन्तक, अधिकारकर्मी, द्वन्द्व पीडित लगायत सहभागी थिए । उनीहरूले ‘गंगामाया अधिकारीलाई बचाउँ’, ‘मानवअधिकार, लोकतन्त्रक कहाँ छ ?’, ‘अराजकता कहिलेसम्म ?’, ‘न्यायका लागि संघर्ष जारी छ’ लेखिएका प्लेकार्ड सहित धर्ना दिएका थिए ।

गंगामायाकी पति नन्दप्रसाद अधिकारीको धर्नाकै क्रममा असोज ६ गते निधन भएको थियो । ३३२ दिनको अनसनपछि नन्दप्रसादको ज्यान गएको हो ।

गोरखा फुजेलका गंगामाया र नन्दप्रसादका छोरा कृष्णप्रसादलाई माओवादीले २४ जेठ २०६१ मा चितवनमा हत्या गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>