समाचारआइतबार, आश्विन १२, २०७१

सीके राउतलाई सरकारले हिरो बनायोः यादव

हिमालखबर

सीके राउतलाई सरकारले हिरो बनायोः यादवफोरम नेपालका अध्यक्ष यादवले सीके राउतले उठाएको मुद्दा असान्दर्भिक भएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लबले १२ असोजमा गरेको कार्यक्रममा उनले राउतले उठाएका मुद्दामा आफ्नो समर्थन नरहेको स्पष्ट पारे ।

उनले भने, “राउतलाई पक्राउ गरेर सरकारले नै हिरो बनाउने प्रयास गरिरहेको छ, हामीलाई सरकारको कदम र राउतले उठाएका मुद्दा दुवै स्वीकार्य छैन ।”

उनले अहिलेकै अवस्थामा ८ माघभित्र संविधान नबन्ने बताएका हुन् । उनले संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीको विषयमा अहिलेसम्म कुनै छलफल हुन नसकेको बताए ।

उनले भने, “संविधानसभाका विषयमा सहमति भयो भनेर प्रचार गर्ने गरिएको छ, तर संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीको विषयमा अहिलेसम्म कुनै छलफल नै हुन सकेको छैन ।”

उनले छलफलका लागि ठूला दल नै गम्भीर नभएको बताए । संविधानका विवादित विषयमा संविधानसभा र संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले कुनै काम नगरेको उनको भनाइ छ ।

उनले भने, “संवाद समितिमा नेताहरुको न्यून उपस्थिति हुन्छ अनि कसरी छलफल हुन्छ ?” उनले सहमति जुटाउनुपर्ने नेताहरु नै विदेश भ्रमणमा रहेकाले समस्या हुने गरेको बताए ।

उनले कांग्रेस र एमालेले सहमति नगरी प्रक्रियाबाट संविधान जारी गरे आफूहरुलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । “यदि प्रक्रियाबाट संविधान जारी गरिए संविधानसभा छाडेर सडक आन्दोलनबाट नयाँ संविधान घोषणा गर्ने छौं,” उनले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>