समाचारआइतबार, आश्विन १२, २०७१

कक्षा १२ को परीक्षाफल सार्वजनिक

हिमालखबर

उच्च माध्यमिक शिक्षा परिषद, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले १२ असोजमा विज्ञान विषय बाहेक कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ ३९.४ प्रतिशत र आंशिकतर्फ २९.९९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ ।

परीक्षामा सहभागिमध्ये नियमिततर्फ ७४ हजार ७६४ र आंशिकतर्फ ४० हजार ८२९ जना उत्तीर्ण भएका छन् ।
शिक्षा, मानविकी र व्यवस्थापनमा नियमिततर्फ १ लाख ९१ ह्जार ४९६ र आंशिकतर्फ १ लाख ३६ हजार १५५ जना विद्यार्थी सहभागि थिए ।

परिषदले नियमिततर्फ ९९ र आंशिकतर्फ १०४ जनाको परीक्षा रद्द गरिएको छ । यस्तै, नियमिततर्फ २२ र आंशिकतर्फ १८ जनाको परीक्षा स्थगित गरिएको परिषदले जनाएको छ ।

परीक्षाफल हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>