समाचारआइतबार, आश्विन १२, २०७१

सडक आन्दोलन गर्न जातीय दलहरुसँग एमाओवादीको मोर्चा

हिमालखबर

एमाओवादीको सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा १३ असोजमा संविधानसभामा एक सीट पनि ल्याउन नसकेका जातीय दलहरुसँग समेत मोर्चाबन्दी गर्ने सहमति गरेको छ ।

जातीय पहिचानसहितको संविधान बनाउन भन्दै एमाओवादीले समाजिक लोकतान्त्रिक पार्टी, आदिवासी जनजाति पार्टी र लिम्बुवान राष्ट्रिय परिषदसँग पनि मोर्चाबन्दीका लागि सहमति गरेको छ । यी तीन वटै दल संविधानसभामा छैनन् ।

उसले अन्य साना जातीय दलहरु राष्ट्रय जनमुक्ति, थरुहट तराई पार्टी नेपाल, खम्बुवान राष्ट्रिय मोर्चा र नेपा राष्ट्रिय पार्टीसँग सहकार्यका निम्ति सहमति गरेको जनमुक्तिका शिवलाल थापाले बताए । थापाका अनुसार यो मोर्चाले कांग्रेस एमालेले पेलेर मतदानबाट विवादित विषय टुंग्याउने खोजे सडक आन्दोलनमा जाने सहमति गरेको छ ।

यसअघि, एमाओवादीले संघीय समाजवादी पार्टी, मधेसी जनाधिकार फोरम नेपाल, तमलोपा, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, सद्भावना पार्टी, तराई मधेश सदभावना पार्टी नेपालसँग मोर्चा बनाइसकेको छ ।

दोस्रो संविधानसभाको चुनावमा तेस्रो भएको एमाओवादीले अव १४ साना जातीय/क्षेत्रीय दलको नेतृत्व गर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>